दुई ट्रक आपसमा ठोक्किँदा आगलागी, तीन जनाको जलेर मृत्यु

काठमाण्डु टुडे २०८० असार २३ गते १०:०६ मा प्रकाशित

मकवानपुर, २३ असार– मकवानपुरमा दुईवटा ट्रक जुधेर आगलागी हुँदा तीन जनाको ज्यान गएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६ नयाँबस्तीमा ना ६ ख६६६७ र ना६ख ६३१ नम्बरको ट्रक आपसमा ठोक्किएपछि आगलागी भएको थियो । आगलागीबाट दुवै ट्रक जलेर पूर्ण रुपमा नष्ट भएको मकवानपुर प्रहरीका डिएसपी टेक कार्कीले बताए । उनका अनुसार
ना६ख ६६६७ नम्बरको ट्रक चालक चितवनका २८ वर्षीय रिहान रूम्बा तामाङ, सोही ट्रकका सह–चालक गण्डकी गाउँपालिका–२ गोरखाका २१ वर्षीय सुमन चेपाङ र ना६ख ६३१ नम्बरको ट्रकका सह–चालक मनहरी गाउँपालिका–३ का २० वर्षीय अमृत प्रजाको मृत्यु भएको हो । तीनवटै शव पोस्टमर्टमका लागि भरतपुर अस्पताल लगिएको छ । दुर्घटनामा अरु दुई जना घाइते छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us