सरकार ढाल्ने, बनाउने खेलमा हामीलाई ‘इन्ट्रेस्ट’ छैनः रवि लामिछाने

काठमाण्डु टुडे २०८० असार १९ गते १४:४९ मा प्रकाशित

काठमाण्डु, १९ असार- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानले सरकार बनाउने र ढाल्ने खेलमा आफूहरू सामेल हुने कुनै रूचि नरहेको बताएका छन्।

मंगलबार धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन। उनले आफूहरू अस्थिरताको पक्षमा नरहेको बताए। बजेटले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न नसक्ने जिकिर गरे।

उनले भने ‘हामी सरकार फेरबदलको पक्षमा छैनौं। हामी गठबन्धनहरूमा छैनौं। हामी अहिले सरकार बनाउने ढाल्ने क्रियाकलापहरूमा हामी छैंनौं। हामी त्यसमा सहभागी छैनौं।

हामीलाई त्यसमा इन्ट्रेस्ट छैन। हामी अहिले संगठन निर्माणमा छौं,’ मुलुक आर्थिक संकटमा रहेको पनि उनले बताए। त्यसको सम्बोधन गर्न सरकारले ठोस योजना ल्याउन नसकेको पनि उनले बताए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us