कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

काठमाण्डु टुडे २०८० असार १९ गते १३:२० मा प्रकाशित

काठमाण्डु ,१९ असार- कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका९९ बस्ने २१ वर्षीय पवन प्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्री रहेका छन। उनीहरुले किशोरीलाई सोही नगरपालिका-५ हेल्थपोष्ट प्रकृति शुद्ध डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us