अर्घाखाँचीमा पहिराले घर भत्काउँदा ३ जनाको मृत्यु

काठमाण्डु टुडे २०८० असार १९ गते ११:३९ मा प्रकाशित

काठमाण्डु ,१९ असार- अर्घाखाँची पाणिनी गाउँपालिका–१ कोप्चेमा मंगलबार बिहान पहिराले घर भत्काउँदा ३ जना बालबालिकाको मृत्यु भएको छ।

गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ११ वर्षकी अन्जना रास्कोटी, १० वर्षका खुमबहादुर रास्कोटी र ९ वर्षका धनबहादुर रास्कोटी रहेका छन्।

१ जना बालकको उद्धार गरेर उपचारका लागि पाल्पा अस्पताल लगिएको गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले जानकारी दिए। १४ वर्षका सचिन्द्र रास्कोटी गम्भीर घाइते रहेको उनले बताए। उनका अनुसार बिहान ६ बजे घरमाथिको ढिस्को भत्कँदा घर पुरिएको थीयो।

परिवारका सदस्य उठेर काममा गएका बेला घरभित्रै सुतिरहेका बालबालिका पहिरोमा परेका थिए। बालबालिकाको शव पोखराथोकमा रहेको स्वास्थ्य केन्द्रमा लैजाने र पोस्टमार्टमपछि परिवारलाई बुझाइनेउनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us