
एजेन्सी– अमेरिकामा गोली चल्दा चार जनाको मृत्यु भएको छ ।
८ जनालाई गोली लागेकामा दुई बालकसहित ४ जना घाइते छन् ।
प्रत्यक्षदर्शीहरुका अनुसार स्थानीय समयअनुसार सोमबार राति ८ बजेको समयमा पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फिया भन्ने स्थानमा बुलेटप्रुफ ज्याकेट धारण गरेका एक व्यक्तले अन्धाधुन्द गोली चलाएका थिए ।
घटनास्थलबाट प्रहरीले हतियारसहित गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । गोली चलाउने व्यक्तिको परिचय खुलाइएको छैन । घटनापछि केही समय प्रहरीले सो क्षेत्रको सडक बन्द गराएको थियो ।