काँग्रेसमा पार्टी नेताको विरोध गर्न रोक

काठमाण्डु टुडे २०८० असार १८ गते २२:०३ मा प्रकाशित

काठमाण्डु, १८ असार– काँग्रेसले पार्टी नेता र नीतिको सार्वजनिक विरोध गर्न रोक लगाएको छ ।

कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले सोमबार जारी गरेको विज्ञप्तिमा पार्टी नीति र नेतृत्वको सार्वजनिक स्थलमा विरोध नगर्न आग्रह गरेको हो । बैठकअघि पार्टी केन्द्रीय कार्यालय सानेपामा विभागको बैठक बसेको थियो ।

विज्ञप्तिमा सार्वजनिक स्थलमा विरोधका अभिव्यक्ति नगर्न पार्टी संगठनका सबै तहका पदाधिकारी र सदस्यहरुलाई अनुरोध गरिएको उल्लेख छ । बैठकले सरकारले गरेका राम्रा कामबारे जनतामाझ सन्देश पुर्‍याउने निर्णयसमेत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us