ललिता निवास प्रकरणमा थप दुई जना पक्रउ

काठमाण्डु टुडे २०८० असार १८ गते १४:५६ मा प्रकाशित

काठमाण्डस ,१८असार- ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्रउ परेका छन।

पक्रउ पर्नेमा तत्कालीन नासु रमेशकुमार पोखरेल र देवनारायण महर्जन रहेका छन्। उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार पक्राउ गरेको हो। पोखरेल गृह मन्त्रालय अन्तर्गतको समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख थिए भने महर्जन ललिता निवास जग्गामा मोही बनेका थिए ।

ललिता निवास प्रकरणमा हालसम्म ब्युरोले पक्राउ गरेकाको संख्या ९ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us