
न्यूयोर्क– साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा अमेरिकाको टेक्सासमा निधन भएको छ ।
उनको अमेरिकी समयअनुसार आइतबार बिहान ३ बजे उपचारका क्रममा खरेलको निधन भएको अमेरिकामा रहेका नेपाली पत्रकार किरणबाबु मरहठ्ठाले जानकारी दिउ ।
झापाको काँकडभिट्टा स्थायी घर भएका खरेल श्रमिती पार्वतीका साथ पारिवारिक भेटघाटका लागि एक महिनाअघि अमेरिका गएका थिए । खरेलका छोरा प्रयास बुहारीसहित टेक्सासमा छन् ।
अमेरिका पुगेपछि उनलाई पिसाबमा संक्रमण भएको थियो । खरेलका कथा, कविता, उपन्यास, नाटक र एकांकीसहित दर्जनौं कृति प्रकाशित छन् ।