
जुम्ला, १८ असार– जुम्लाको तातोपानी गाउँपालिका–४ गिदीखोलामा अन्तर्जातीय विवाह गरेको आरोपमा केटा पक्षले केटा पक्षले केटी पक्षको घरमा आगजनी गरेका छन् ।
आगजनीमा संलग्न सोही ठाउँका २२ वर्षीय हिक्मत गिरी पक्राउ परेका छन् । जुम्ला प्रहरी प्रमुख डिएसपी प्रल्हाद कार्कीले पीडितको उजुरीका आधारमा गिरीमाथि आगजनी कसूरमा अनुसन्धान अघि बढेको बताए । गिरीले प्रहरीसमक्ष घरमा आफूले आगजनी गरेको स्वीकार गरेका छन् ।
भरतका भाई मुकुन्द नेपालीले हिक्मतकी बहिनीलाई विवाह गरेपछि घटना भएको प्रहरीले जनाएको छ । अध्ययनका शिलसिलामा नेपालगन्ज बस्दै आएका मुकुन्दले गिरीकी १४ वर्षीया बहिनीसँग एक साताअघि भागी विवाह गरेका थिए ।
भरतले भाईले किशोरी भगाएको सूचना पाए पनि आफूहरुको सम्पर्कमा नरहेको बताए । डिएसपी कार्कीले मुकुन्द र उनले भगाएकी किशोरीको खोजी भइरहेको जनाए ।