
चितवन, १८ असार– पहिरोका कारण पटकपटक अवरुद्ध हुँदै आएको नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा बिहान २ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास जारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनका प्रहरी वरिष्ट नायब निरीक्षक सुरेन्द्र विष्टेल जनाए ।
विष्टका अनुसार पहिरोसँगै खसेको ढुंगा ट्रकपभित्र खसेर चालक घाइते भएका छन् । यसैबीच पुनः प्रयोग खस्न सक्ने सम्भावना रहेकाले अत्यावश्यक बाहेक काठमाण्डु आवतजावतका लागि नारायणगढ–मुग्लिन सडक प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले अपलि गरेको छ ।