
काठमाण्डु, १७ असार– माध्यमिक शिक्षा परीक्षा (एसईई)नतिजा यसै साता सार्वजनिक हुने भएको छ।
एसईई नतिजा यसै साता सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले बताएको छ। परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले यही हप्ता नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिएका छन ।
नतिजा रुजु र इन्ट्री गर्ने काम भइरहेको बोर्डले जानकारी दिएको छ । अन्तिम रुजु र इन्ट्री गर्ने प्राविधिक प्रकृतिको काम भएकाले लक्ष्य पूरा नै हुन्छ भन्ने एकिन भने छैन।
प्राविधिक समस्या नआए नतिजा प्रकाशन अर्को साता धकेलिन पनि सक्ने बोर्डका कर्मचारीले जानकारी दिएका छन। गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी रहेका थिए ।