
काठमाण्डु ,१५ असार- बिहीबार मध्याह्नबाट अवरूद्ध नारायणगढ-मुग्लिन सडक खण्ड पुनस् सञ्चालनमा आएको छ।
पहिरो खसेर बिहीबारदेखि अवरुद्ध नारायणगढ-मुग्लिङ सडक खण्ड २८ घण्टा पछि सञ्चालनमा आएको हो। पहिरो पन्छाएसँगै शुक्रबार साँझ देखि दुईतर्फी रूपमा सडक सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
सडकको माथिल्लो भागबाट निरन्तर पहिरो झर्ने क्रम भने यथावत् रहेकाले यात्रा गर्दा सचेत रहनुपर्ने प्रहरीको भनाई छ । नारायणगढ-मुग्लिङ सडक खण्डको ३ नम्बर पुल नजिकै बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरुद्ध हुँदा सवारी आवतजावत बन्द भएको थियो ।