अब ट्वीटरमा २५ हजार अक्षरसम्मको ट्वीट गर्न सकिने

काठमाण्डु टुडे २०८० असार १५ गते १७:५४ मा प्रकाशित

काठमाण्डु ,५ असार–ट्वीटरले अब ट्वीटमा हुने अक्षरको अधिकतम सीमालाई बढाएर २५ हजार पूरएको छ ।

अब २५ हजार वटा क्यारेक्टर (अंक, अक्षर, चिन्ह) सम्मको ट्वीट गर्न मिल्ने भएको छ । यस्तो खालको ट्वीटमा फोटो पनि थप्न मिल्ने छ ।यद्यपि २५ हजार अक्षरसम्मको ट्वीट गर्न सकिने फिचर सबै आम साधारण ट्वीटर प्रयोगकर्ताका लागि भने होइन ।

ट्वीटरको ब्लू सब्सक्रिप्सनवाला अर्थात् मासिक शुल्क तिर्ने प्रयोगकर्ताका लागि मात्रै यो फिचर उपलब्ध हुने भएको हो ।नयाँ फिचरको जानकारी कम्पनीले एक ट्वीटमार्फत् जानकारी दिएको हो ।

ट्वीटरका मालिक एलन मस्कले उक्त ट्वीटमा जवाफ फर्काउँदै लामो स्वरुपका पोस्टमा सुधार गरिएको बताएका छन ।यसअघि गत अप्रिल महिनामा ट्वीटरले सशुल्क निलो टिको भएका प्रयोगकर्ताका लागि ट्वीटको सीमा १० हजार अक्षरमा पूराएको थियो । त्यसअघि ट्वीटमा अक्षरको सीमा सबैका लागि २ सय ८० मात्र थियो ।

ट्वीटरमा २५ हजार अक्षरको सीमा पूराएसँगै ट्वीटरले एक अर्को महत्वपूर्ण परिवर्तन पनि गरेको छ। जस अनुसार अब ट्वीट गर्दा अक्षरहरुलाई बोल्ड, इटलिक्स आदि समेत गराउन अर्थात् टेक्स्ट फम्र्याटिंग गर्न सकिने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us