ओलीलाई रविले भने–माछा र केरा आयात रोक्न मद्दत चाहियो!

काठमाण्डु टुडे २०८० असार १५ गते १५:५० मा प्रकाशित

कााठमाण्डु, १५ असार- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमाले अध्यक्ष ओलीलाई माछा र केरा आयात रोक्न मद्दत गर्न अनुरोध गरेका छन।

असार १५ गते राष्ट्रिय धान दिवस मनाउन एउटै विमानमा चितवन पुगेका अध्यक्ष ओली र सभापति लामिछानेको विमानस्थलमै संक्षिप्त कुराकानी भएको थीयो ।

सोही क्रममा लामिछानेले आत्मनिर्भर चितवनको योजना सुनाएका थिए।‘उनले ओलीलाई भने, स्वदेशी कृषकको उत्पादन रक्षाका लागि माछा र केरामा आयात प्रतिबन्ध लगाउन आवश्यक भइसकेको छ।

जवाफमा ओलीले हुन्छ भन्ने जवाफ फर्काए । सँगै रहेकी ओली पत्नी राधिकाले रविको कुरामा सही थप्दै अण्डा आयातमा पनि रोक लगाउनु पर्ने प्रस्ताव गरिन्। जवाफमा रविले भने, ‘पहिले माछा र केरामा प्रतिबन्ध लगाउँ बिस्तारै अन्य वस्तुमा पनि लगाउँदै जाने हो ।’

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us