
काठमाण्डु, १५ असार- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटार नजिक विङ्गर गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
काठमाण्डुबाट सिन्धुली जाँदै गरेको मधेश प्रदेश ०२–००१ ज ००४२ नम्बरको गाडी आज बिहान १० बजेर ४० मिनेट जाँदा आफैं अनियन्त्रित भइ नालीमा खसेको थियो ।
सो गाडीमा सवार १० जना मध्ये सात जना घाइते भएका र उनीहरु सबैको शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये दुई जानाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको सिन्धुली प्रहरीले जनाएको छ ।