कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

काठमाण्डु टुडे २०८० असार १४ गते १७:५० मा प्रकाशित

काठमाण्डु, १४ असार- कोशी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत मागेका छन्।

कार्कीले विश्वासको मत मागे सगैँआधा घन्टाका लागि स्थगित भएको छ। उनले मागेको विश्वासको मतबारे भएको छलफलमा विभिन्न दलका नेताहरूले आफ्नो धारणा राखेका छन्।

प्रदेश सभामा रहेका नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन दिने बताएका छन् भने नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) विपक्षमा उभिएका छन्।

यता जनता समाजवादी पार्टी तटस्थ बस्ने भएको छ। आधा घन्टाका लागि स्थगित भएको बैठक फेरि सुरू हुँदा मुख्यमन्त्री कार्कीले राजीनामा दिन्छन् कि विश्वासको मतमाथि मत विभाजन हुन्छ भन्ने टुंगो छैन।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us