इलाममा एमाले नेता योगेश भट्टराईमाथि आक्रमणको प्रयास

काठमाण्डु टुडे २०८० असार १४ गते १६:३५ मा प्रकाशित

काठमाण्डु ,१४ असार- नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचान पक्षधरले आक्रमणको प्रयास गरेका छन् ।

कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षले एमाले नेता भट्टराई चढेको गाडीलाई इलाममा रोकेका हुन् । भट्टराई ७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आजको लोकतन्त्र, उपलब्धि र चुनौती विषयक अन्तरसंवादमा भाग लिन इलाम पुगेका थिए ।

कोशी नामकरणविरुद्ध आन्दोलनमा रहेको समूहले नामकरणको पक्षमा रहेका व्यक्ति र सांसदविरुद्ध प्रदर्शन, नाराबाजी र अवरोध गर्नुका सथै भट्टराई चढेको गाडीलाई रोक्दै उनीहरुले पहिचान विरोधी होसियार भन्दै कालो झण्डा प्रदर्शन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us