विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले पठाए सबै दललाई पत्र

काठमाण्डु टुडे २०८० असार १४ गते १२:४० मा प्रकाशित

विराटनगर, १४ असार- कोशी प्रदेशका मुखयमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्दै कोशी प्रदेशसभामा सहभागी सबै दललाई पत्र पठाएका छन् ।

आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिंदैछन् । विश्वासको मत लिनुअघि कार्कीले नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रतिपक्षी दललाई लिखित पत्र पठाएका हुन् ।

माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज दिउँसो १ बजे बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।

357342557_2980349245433625_8080998282417534838_n

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us