
काठमाण्डु, १४ असार– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७७ वटै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ ।
नागरिकहरुसँग सीधा सम्पर्क गरी उनीहरुका आवाज सम्बोधन गराउन पहल गर्ने उद्देश्यले सम्पर्क सांसद तोकिएको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
उनका अनुसार सभापति रवि लामिछानेबाहेक सबै सांसदलाई विभिन्न जिल्लाको जिम्मा दिइएको छ । उपसभापति डोलप्रसाद अर्याललाई बारा, धादिङ, कञ्चनपुर, कैलाली, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई गुल्मी, दार्चुला, अछाम र पाल्पा, प्रमुख सचेतक परियारलाई भक्तपुर, अर्घाखाँची, दैलेख, र बाजुरा, सांसद निशा डाँगीलाई झापा, मोरङ, इलाम र सल्यान, डा. स्वर्णिम वाग्लेलाई गोरखा, पर्सा, बैतडी र तनहुँ, शिशिर खनाललाई रोल्पा, दाङ, सर्लाही, र सप्तरी, मनिष झालाई धनुषा, रौतहट, रुपन्देही, बझाङ, गणेश पराजुलीलाई ओखलढुङ्गा, खोटाङ, सिराहा र डँडेलधुरा सोभिता गौतमलाई दोलखा, रामेछाप, सिन्धुपाल्चोक र जाजरकोट, सुमना श्रेष्ठलाई रसुवा, काठमाण्डु, रूकुम –पूर्व) र रूकुम –पश्चिम) को जिम्मेवारी दिइएको छ ।
यस्तै तोसिमा कार्कीलाई ताप्लेजुङ, पाँचथर, डोटी र ललितपुर, हरि ढकाललाई सोलुखुम्बु, चितवन, नवलपुर र उदयपुर, डा।चन्दा कार्कीलाई भोजपुर, सिन्धुली, मनाङ र महोत्तरी, असिम शाहलाई काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ र कपिलवस्तु, लक्ष्मी तिवारीलाई प्युठान, परासी, बर्दिया र बाँके, अशोककुमार चौधरीलाई धनकुटा, तेह्रथुम, संखुवासभा र सुनसरी, शिव नेपालीलाई लमजुङ, म्याग्दी, पर्वत र कास्की, बिनिता कठायतलाई जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा तथा विन्दबासिनी कंशाकारलाई स्याङ्जा, बाग्लुङ, मकवानपुरको सम्पर्क सांसद तोकिएको छ ।