नारायणकजीले भेटे चिनियाँ उपप्रधानमन्त्री

काठमाण्डु टुडे २०८० असार १३ गते २१:५५ मा प्रकाशित

काठमाण्डु, १३ असार– चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ उपप्रधानन्त्री ह ली फङबीच भेटवार्ता भएको छ ।

श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीका अनुसार सिचुवान प्रान्तको राजधानी छेन्दुमा बुधबार उक्त भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्षबारे छलफल भएको गिरीले बताए ।
‘दुई नेताबीच दुई देशबीचको व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ लगायत विषयमा छलफल भयो’, गिरीले भने, ‘चीनका तर्फबाट नेपालमा थप सहयोग बढाउनेबारे कुराकानी भयो ।’
यस्तै चीनले थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमा नाकामा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

श्रेष्ठले एक चीन नीतिप्रति नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय स्वतन्त्रतालाई चीनले समर्थन गर्दै आएकामा धन्यवाद दिए । राजनीतिक स्थिरतासँगै नेपालले आर्थिक समृद्धिमा जोड दिएको भन्दै उनले नेपालको आर्थिक विकासमा चीनको सहयोग र लगानी वृद्धि हुने विश्वास व्यक्त गरे ।

चिनियाँ उपप्रधानमन्त्री फङले चीनले नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिँदै आएको बताए । कोरोना महामारीपश्चात द्विपक्षीय भ्रमण आदानप्रदान अभिवृद्धि भएको चर्चा गर्दै उनले तातोपानी नाका खुला गर्न पहल गर्ने बताए ।

उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा आयोजित ‘वेष्ट्रन चाइना इन्टरनेशनल एक्स्पो’ मा सहभागी हुन ७ सदस्यीय नेपाल िटोलीको नेतृत्व गर्दै मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका थिए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us