पशुपतिको जलहरीबाट केपी ओली र विद्या भण्डारीको नाम मेटाइयो

काठमाण्डु टुडे २०८० असार १३ गते १९:३२ मा प्रकाशित

काठमाण्डु, १३ असार– सुनमा लेखिएको व्यक्तिका नाम मेटेर पशुपतिनाथ मन्दिरमा जलहरी प्रतिस्थापन गरिने भएको छ ।

जलहरीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढाकालसहित १३ जनाको नाम लेखिएको थियो ।

जलहरीमा लेखिएका सबैको नाम मेटिएको पशुपति क्षेत्र विकास कोषका एक अधिकारीले जानकारी दिए । जलहरीमा सुन लगाउने क्रममा घोटाला भएको भन्दै उजुरी परेपछि अन्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरीबाट सुन निकालेर तौल लिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us