
काठमाण्डु, १३ असार– आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।
विनियोजन विधेयकका पक्षमा १ सय ४७ र विपक्षमा १ सय ८ मत परेको थियो । संसदमा २ सय ७५ मध्ये २ सय ५५ सांसद उपस्थित थिए । मत विभाजनको परिणाम सुनाउँदै सभामुख देवराज घिमिरेले विधेयक बहुमतले पारित भएको घोषणा गरे ।
विधेयकको पक्षमा काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रि समाजवादी पार्टीले मत दिए ।
यस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंह र प्रभु साहले पनि बजेटको पक्षमा मतदान गरेका छन् ।
एमाले, रास्वपा, राप्रपा, नेमकिपा र राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिए ।