प्रेमगीत ३ डिशहोममा एक्सक्लुसिभ प्रदर्शन हुँदै

काठमाण्डु टुडे २०८० असार १३ गते १८:४३ मा प्रकाशित

काठमाण्डु १३ असार नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेमगीत ३’ डिशहोममा एक्सक्लुसिभ प्रदर्शन हुने भएको छ।

विभिन्न कारणबश हलसम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्नेछन्। प्रेमगीत ३ यही असार १५ गते सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुँदैछ।

सिनेमाघरमा दैनिक ८ शो बिहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुनेछ। यस्तै डिशहोमको एक्सभीओडीमा पनि यो चलचित्र उपलब्ध हुनेछ।

एक्सभीओडीमा यो चलचित्र उपलव्ध भएपछि आफूले चाहेको समयमा खरिद गरेर हेर्न सकिनेछ।एक्सभीओडी डिशहोमको सेटटप बक्समा उपलब्ध रहेका फिचर हो। यो चलाउनका लागि भने ग्राहकले आफ्नो सेटटप बक्समा वाईफाई डंगल वा लेन केबल जोडेर इन्टरनेट जोड्नुपर्ने हुन्छ।

डिशहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरु सपरिवार तथा आफूले चाहेको समयमा हेर्न सकिने भएका कारण नेपाली चलचित्रप्रति दर्शकहरुको चासो र माया बढ्नुका साथैनेपाली चलचित्रको विकासमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us