
काठमाण्डु, ११ असार– राष्ट्रपति रामचन्द्र पौडेलको उपचार जारी छ ।
पौडेल गत २ असारमा महाराजगञ्जस्थित त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
उनको छातीमा शल्यक्रिया गरी ५ असारमा स्थायी पेसमेकर राखिएको थियो । अस्पतालले राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जनाएको छ ।
हाल पौडेलको अवस्था सामान्य रहेको अस्पतालद्वारा जारी विज्ञप्तिमा छ ।