जलहरी प्रकरणमा मुछिएका ढकालविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता

काठमाण्डु टुडे २०८० असार ११ गते १४:०७ मा प्रकाशित

काठमाण्डु, ११ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

१ करोड ४४ लाख ११ हजार रुपैंया स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले ढकालविरुद्ध सोमबार अख्तियारमा मुद्धा दायर गरेको हो । ढकाल २०७४ साउन ३२ देखि २०७९ जेठ ३० गतेसम्म पाँच वर्ष कोषको सदस्यसचिव थिए ।

पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा नौ किलोग्राम सुन गायब पारिएको भन्ने प्रकरण अहिले चर्चामा छ । त्यतिबेला ढकाल नै कोषको सदस्यसचिव थिए । प्रतिनिधिसभा बैठकमा सोमबार मात्र काँग्रेस सांसद प्रदीप पौडेलले उक्त प्रकरण छानबिनका लागि संसदीय समिति गठनको माग गरेका थिए ।

महालेखा परीक्षकको प्रतिवेदनले नै भ्रष्टाचार औंल्याएको सो प्रकरणबारे अख्तियारले छानबिन गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us