रचना र सागरको ‘बाडुल्की’मा विकास सुवेदीको डेब्यु

काठमाण्डु टुडे २०८० असार १० गते १७:१५ मा प्रकाशित

काठमाण्डु, १० असार- पछिल्लो समयकी चर्चित गायिका रचना रिमाल र सागर जोशीको स्वरमा ‘बाडुल्की’ गीत सार्वजनिक भएको छ ।

गीतमा हिमांशु रायमाजी (गोधुली)को शब्द र कृष्ण पाण्डे ९कृषा०को संगीत रहेका छ ।गीतलाई रुबिन मगरले एरेन्ज गरेका छन । यस्तै गीतको भिडियोमा विकास सुवेदी र समारिका ढकाल फिचर्ड छन् ।

विकासको यो डेब्यु म्युजिक भिडियो हो । उत्तम श्रेष्ठ शिशिरले निर्देशन गरेको भिडियोलाई मुकेश हुमागाईंले खिचेका हुन् भने विनोद बमले सम्पादन गरेका छन् ।गीतमा राहुल बराइलीको कोरियोग्राफी छ ।

पछील्लोसमय गायक सागर जोशीले गीत संगितको माध्यम बाट आफ्नो परिचय फराकिलो बनाएका छन् ।लामो समय देखी दन्त चिकित्सा क्षेत्रमा आबद्ध रहेका गायक जोशीको गीतले राम्रो प्रतिकयिा पाइरहेको छ ।

जोशीको रचना सँगको यो गीत कर्ण प्रिय छ यो गीत सँगै सागरले नेपाली सुगम संग्रीतमा राम्रो सम्भावना देखाएका छन ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us