
काभ्रे, ९ असार – नेपाली कांग्रेसका नेता विकास लामाको निधन भएको छ ।
रक्त क्यान्सरबाट पीडित लामाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सिन्धुपाल्चोकका पूर्वसभापति लामा नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्रीका प्रत्यासी थिए ।
केही समयअघि उनी थाइल्याण्डमा उपचार गराएर फर्किएका थिए ।