
बर्दिया, ८ असार– मदिरा ठानेर अखाद्य तरल पदार्थ सेवन गर्दा दुई महिलाको मृत्यु भएको छ ।
बर्दियाको मधुवन नगरपालिका—८ टिसीएन फाँटाका ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बर्दिया प्रहरीका सूचना अधिकारी डिएसपी हिक्मतबहादुर बोहराले सोही वस्तु सेवन गरेका एक दम्पत्तिको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।
उनीहरुको अवस्था गम्भीर रहेको बोहराले बताए । नगरपालिकाको डम्पिङ साइट रहेको जंगलमा भेटिएको ग्यालेनमा फेला परेको तरल पदार्थ घरमा ल्याएर मदिरा भन्ने ठानेर पिउँदा उक्त घटना भएको बताइएको छ ।
प्रहरीले उक्त वस्तु सेनिटाइजर हुन सक्ने आशंका गरेको छ ।