
काठमाण्डु, ४ असार- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन् ।
सोमबार आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन जिल्ला अदालत काठमाण्डु पुगेका उपप्राध्यापक चलाउने सहीत केहीलाइ अदालत परिसरमा होहल्ला गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ।
उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले बताउको छ। चलाउनेमाथि २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेका थिए ।
त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेमाथि आक्रमण गरेको थियो । आचार्यसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाण्डुमा मुद्दा रहेको थियो ।
मुद्दाको अन्तिम सुनुवाइ मंगलबारका लागि तोकिएको थियो । तर, त्यसअघि नै सरकारले नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।