पब्जी गेम बन्द गर्न सरकारसँग सांसदको माग

काठमाण्डु टुडे २०८० असार ४ गते १२:२५ मा प्रकाशित

काठमाण्डु, ४ असार- पछीलो समय युवा पुस्ताले रुचाएका मोबाइल गेम पब्जी बन्द गर्न लोसपा सांसद रामप्रकाश चौधरीले सरकारसँग माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौधरीले पब्जी गेमका कारण पछीलो समय बालबालिका तथा युवापुस्ताहरु हरु बिग्रँदै गएको भन्दै उक्त गेम तत्काल बन्द गर्न सरकार सँग आग्रह गरेका हुन् ।

उनले उक्त गेमका कारण बालबालीका पछीलो समय पागलजस्ता भएका पनी बताएका छन। ‘यो पब्जी गेम तुरुन्त बन्द गरियोस् । आज हाम्रा बालबालिका ठोकठोक, मारमार भन्दाभन्दै पागलजस्तो भएका छन् । त्यसैले यो पवजी गेम तुरुन्त बन्द गरियोस्’, उनले भने।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us