कतार पठाइदिने भन्दै रकम ठगी गर्ने एक जाना पक्राउ

काठमाण्डु टुडे २०८० असार ४ गते ११:५५ मा प्रकाशित

काठमाण्डु ,४ असार- वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जाना पक्राउ परेका छन।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–१ ठूलो धादिङ घर भई हाल काठमाण्डुको गोकर्णेश्वर–८ मा बस्ने ३६ वर्षीय बिसु लामा रहेका छन् ।

उनले ताराबहादुर वलीलाई वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु र त्यहाँ आकर्षक तलब हुन्छ भनी प्रलोभनमा पारी वालीबाट रकम लिई सम्पर्कविहीन भएको आरोपमा काठमाण्डुको बौद्धबाट पक्राउ गरिएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us