
काठमाण्डु, ४ असार – माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा आज सोमबार हुँदैछ ।
सोमबार अपराह्न तीा बजे राष्ट्रिय सभागृहमा मोर्चा घोषणा सभा आयोजना गरिएको छ ।मोर्चामा नेकपा (माओवादी केन्द्र) ,जनता समाजवादी पार्टी (जसपा,) एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।
मोर्चाको नेतृत्व आलोपालो गर्ने नेताहरूबीच सहमति भएको छ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति भएको छ ।
मोर्चाले संसद भित्र र बाहिर पनि समाजवादी विचारधारको प्रचार गर्ने तथा समाजवादका पक्षमा जनमत निर्माण गर्ने एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाको जनकारी दिएका छन।