
काठमाण्डु, ३२ जेठ– जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले नेपाली समाज अराजकतातर्फ उन्मुख भएको र त्यसका लागि संसद पनि जिम्मेवार रहेको बताएका छन् ।
मन्त्रालयगत बजेटमाथि धारणा राख्न बिहबार संसदको रोष्ट्रममा उभिएका यादवले नेपाली जनताको. सबै प्रकारको सुरक्षा लिएका सरोकारवालाहरु कर्तव्यच्यूत भएको बताए । समाज अराजक हुँदै गरेको आफ्नो तर्क पुष्टि गर्न केही उदाहरण प्रस्तुत गरे । केही राजनीतिक दलले भातृ संस्थाका कार्यकर्ता प्रयोग गरेर मुलुकको प्रथम नागरिक राष्ट्रपतिको पुतला बनाई जुत्ता चप्पलको माला लगाउने, भूतपूर्व सुरक्षा संगठनका कार्यकर्तालाई खुकुरीसहित सडकमा उतारेर ‘खुकुरीले के भन्छ, प्रधानमन्त्रीको टाउको ले भन्छ’ भन्ने नारा लगाउन लगाएको र विश्वविद्यावयका प्राध्यापाकमाथि कालोमोसो दलेृर दुव्र्यवहार गर्ने घटना सतहमा आएको चर्चा यादवले गरे ।
समाज अराजकताको शिकार भएका बेला संसद पनि बरालिएको उनको भनाइ थियो । ‘नेपाली समाज जतातर्फ जाँदै छ यो राम्रो सूचक होइन’, यादवले भने, ‘नेपाली समाजलाई बचनउने हो भने हामी सबै जिम्मेवारी बन्नुपर्छ । होइन भने समाज एक प्रकारको विखण्डनतर्फ जान लागेको छ । यसमा हामी सबै संयमित र गम्भीर बनौं ।’
यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका उपलब्धीबारे बहस हुनुपर्नेमा सांसदहरु भैंसी र राँगाको बहसमा रुमल्लिएको भन्दै चिन्ता व्यक्त गरे । भारतले नेपाललाई १५ वटा मुर्रा जातको राँगा उपहार दिएको थियो । एमाले, रास्वपा र राप्रपा सांसद भैंसी ल्याएको भन्दै प्रधानमन्त्रीमाथि खनिएका थिए । ‘समग्र परिस्थिति हेर्दा हामी कति गैरजिम्मेवार भएछौं । नेपालका प्रधानमन्त्री भारतबाट फर्किंदा भ्रमणका उपलब्धीबारे छलफल होला । तर, स
ंसदले राँगो र भैंसीमा आफ्नो सबै समय खर्चियो । यस्ता सांसदहरुले के गर्न सक्छन्, जसले राँगा र भैंसी छुट्याउन सक्दैनन् ।’
यादवले नेपाली नागरिकले नागरिकता पाउनका लागि आत्मदाह गर्नुपर्ने अवस्था आएको भन्दै यादवले चिन्ता जनाए । ‘म नेपाली नागरिक हुँ, नागरिकता पाऔं भनेर आन्दोलनरत मात्र छैन आत्मदाह गर्ने स्थिति छ । नागरिकता नभपाएर आत्मदाह गर्छु भनेर काठमाण्डुमा अस्ती र जनकपुरमा हिजो आत्मदाह प्रयास भयो’, उनले भने । नागरिकता पाउन सबैलाई आत्मदाहतर्फ उत्प्रेरित गर्न खोजेको त होइन ? भन्ने प्रश्न यादवले गरे । यादवले नागकिरताका लागि आत्मदाहको प्रयास गर्नुपर्ने परिस्थति तत्काल अन्त्य गर्न माग गरे ।