

काठमाण्डु, ३२ जेठ– प्रहरीले गैरकानुनी रुपमा जुवा वान एक्स बेट खेलाउने गिरोहमा कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको छ। पक्राउ परेका ८ जनालाई सार्वजनिक प्रहरीले गरेको छ।
काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयले उक्त गिरोहलाई साथ दिएको भन्दै केही कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको हो ।पक्राउ पर्ने कलाकारहरुमा मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), पवन खतिवडा (म्याकुरी), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडो बुढो) र बेगम नेपाली (भटभटे माइला), युट्युबरहरु अलिश राई, जलन घर्तीमगर, गणेश देवकोटा (जीडी) रहेका छन ।
उनीहरुलाई वान एक्स बेटको प्रचारप्रसार गरेर लाभ लिएको आरोप लागेको छ । प्रहरीले यसअघि पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो।
यसअघि पक्राउ पर्नेहरूमा दिनेश खड्का, अनिता धिताल, दिपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछाने रहेका छन ।