कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्काले पाए

काठमाण्डु टुडे २०८० जेठ ३१ गते १२:१३ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन ।

सभापति देउवा देश बाहिर सिंगापुर गएपछि कांग्रेसको विधान, २०१७ संशोधन सहित को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई कार्यबाहक सभापति तोकेको कांग्रेस स्रोतले जानकारी दिएको छ ।

पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा स्वास्थ्य जाँचका लागि गए राति सिंगापुर गएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us