राष्ट्रपति पौडेल डिस्चार्ज

काठमाण्डु टुडे २०८० जेठ ३१ गते ११:३४ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् । पौडेल शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत रहेका थिए ।

अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले आज एक प्रेस नोट जारी गर्दै राष्ट्रपति पौडेललाई बिहान ८ बजे डिस्चार्ज गरिएको जानकारी दिएका छन ।

मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका राष्ट्रपति पौडेललाई २४ घण्टा अब्जरभेसनमा राखिएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us