कलङ्कीमा ट्रकको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाण्डु टुडे २०८० जेठ १५ गते १३:३० मा प्रकाशित

काठमाण्डु, १५ जेठ– कलङ्कीमा ट्रकको ठक्करबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ घर भई चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने ६४ वर्षीया सन्तुमाया राउत रहेकी छिन ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी राउतको उपचारका क्रममा आज वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालस्थित प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।

आइतबार दिउँसो कलङ्की चोकमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २९४१ नम्बरको ट्रकले बाग्मती प्रदेशको ०२–००४ प ४७०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार राउत गम्भीर घाइते भएका थिए । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us