भारत भ्रमणबारे प्रधानमन्त्रीले लिए पूर्वप्रधानमन्त्री र दलका नेतासँग सुझाव

काठमाण्डु टुडे २०८० जेठ १४ गते १७:२६ मा प्रकाशित

काठमाण्डु,१४ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री, दलका नेताहरूसँग परामर्श गरेका छन् ।

आइतबार सिंहदरबारमा गरेको छलफलमा उनले आफ्नो भ्रमणका क्रममा आर्थिक, व्यापारिक, ऊर्जा व्यापार र पारवहनलगायत द्विपक्षीय हितका विभिन्न विषयमा छलफल हुने जानकारी गराएका थिए ।

प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विज्ञहरुले राष्ट्रको हितमा के गर्नुपर्छ भन्ने विषयमा सकारात्मक सुझाव दिएका बताए ।

‘विज्ञहरुको सुझाव लिने क्रम चलिरहेको छ । म जरुरी काम परेर हिँडेको छु, धेरैको सुझाव सुनेँ, अरुको सुझाव परराष्ट्रमन्त्रीहरुले लिँदै हुनुहुन्छ’, छलफबाट बाहिरिने क्रममा उनले भने।

छलफलपछि नेपाल समाजवादीका अध्यक्ष पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले छिमेकीसँग राम्रो वातावरण बनाउन सुझाव दिएको बताए ।उनले भने, ‘सीमा समस्या छ । व्यापार पारवहाका कुरा छन् । खुला सिमाना, परराष्ट्रसम्बन्धी सबै कुरालाई समाधानका गर्नुपर्छ ।’ईपीजीको प्रतिवेदन ग्रहण गर्न सुझाव दिएको बताए।

प्रधानमन्त्रीले ऊर्जासँग सम्बन्धी धेरै प्राथमिकता दिएको बताए ।उनले भने, ‘हामी नेपालीको बानी फेरि उत्पात हुन्छ भन्छौं तर, त्यस्तो हुँदैन । यो क्रमशस् हुने कुरा हो ।

सम्बन्ध चिसिएको । त्यो आइसब्रेकमात्रै भयो भने पनि सुरुआत हुन्छ । बढी अपेक्षा गर्नु हुँदैन ।’बैठकमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, बाबुराम भट्टराई, झलनाथ खनालसहित शीर्ष नेताहरू सहभागी छन् ।

आगामी जेठ १७ गते देखी प्रधानमन्त्री प्रचण्ड चार दीने भारत भ्रमणमा जाँदैछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us