
काठमाण्डु,१४ जेठ-अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको आगामी आर्थिक वर्षको बजेट पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर आउने बताएका छन।
आइतबार संघीय संसद भवनमा पत्रकार हरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले बजेट समग्र जनता र देशलाई केन्द्रित गरेर आउने बताएका हुन।
बजेट कार्यान्वयनमा पनि सरकारले विशेष जोड दिने उनको भनाइछ छ। समग्र जनतालाई केन्द्रित गरेर, देशलाई केन्द्रित गरेर सबै पक्ष, पछाडि परेका क्षेत्र, समूह, वर्ग, लिंग सबैलाई मध्यनजर राखेर बजेट आउँछ।
हामीले कार्यान्वयनमै जोड दिएका छौं,’ अर्थमन्त्री महतले भने,‘कार्यान्वयन अत्यन्तै महत्वपूर्ण विषय हो। र, जतिसुकै राम्रा कुराहरू भए पनि कार्यान्वयनका विषयमा हामी गम्भीर भएनौं भने समस्या आउँछ, परिणाम आउँदैन।
त्यो कुरालाई मध्यनजर राखेर नै के९कस्ता सुधारका आवश्यकता छरु त्यसलाई हामी महत्व दिन्छौं- उनले भने ।
सरकारले आगामी आर्थिक वर्षका बजेट जेठ १५ गते (भोलि) संसदमा पेश गर्दैछ।