
काठमाण्डु ,१४ जेठ- संसदीय सुनुवाइ समिति गठन भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकले प्रस्ताव गरिएका समिति सदस्यहरूको नामलाई बहुमतले सहमति जनाएको सभामुख देवराज घिमिरेले घोषणा गरेका छन् ।
जसलाई सभाले स्वीकृत गरेको छ । समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट ४-४ जना छन् ।कांग्रेसका तर्फबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् ।
नेकपा एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम सदस्य रहेका छन् ।संसदीय सुनुवाइ समितिमा माओवादी केन्द्रबाट जनार्दन शर्मा सदस्य छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पशुपति शम्शेर जबरा र जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट प्रकाश अधिकारी सदस्य छन् ।
उनीहरूको नामलाई प्रतिनिधिसभाले बहुमतसहित सहमति जनाएको हो ।