विराटनगरको देवकोटा चोकमा तनाव, प्रहरीले गर्यो अश्रुग्यास प्रहार

काठमाण्डु टुडे २०८० जेठ १४ गते १४:२२ मा प्रकाशित

काठमाण्डु ,१४ जेठ-प्रदेश १ को नाम कोशी राखिएको विरोधमा आन्दोलनरत पहिचानवादीहरुले विराटनगरको देवकोटा चोकमा भएको प्रदर्शन मा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

दुई पक्ष विच भएको झडपको कारण स्थिति तनावग्रस्त भएको छ । प्रदेश सभा छेउको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले रोक्न खोजेको थियो।

त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। त्यसपछि प्रहरीले भिड तितरवितर पार्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ ।

कोशी प्रदेशको नाम संशोधनको माग गर्दै प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति आन्दोलनमा छ । आइतबारबाट प्रदेशसभा भवन घेर्न भन्दै भेला भएका प्रदर्शनकारीले एकै रंगको पोशाक र हेलमेट प्रयोग गरेका छन।

प्रदेश सभाको बजेट अधिवेशनलक्षित आन्दोलन घोषणा गरेपछि प्रदेश सभा र त्यस वरपरको सुरक्षा व्यवस्था कडा पारेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us