रेशम चौधरीलाई कानुन बमोजिमनै आममाफी दिइएको हो : रेखा शर्मा

काठमाण्डु टुडे २०८० जेठ १४ गते १४:०६ मा प्रकाशित

काठकमण्डु ‘१४ जेठ- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रेशम चौधरीलाई आममाफी दिने विषय कानुन बमोजिम भएको बताएकी छन् ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले कानुनविद्हरुसँग राय लिएर उक्त नीर्याय भएको बताइन। । ‘रेशमजीको सवालमा सर्वोच्च अदालतको जुन फैसला भयो ।

उच्च अदालतको फैसलालाई टेकेको अवस्था छ’ शर्माले भनिन्, ‘उहाँको विषयमा कानुन विदहरुसँग राय सुझाव बमोजिम निर्णय भएको छ ।

हामीले लिएको राय सुझावअनुसार कानुनी रुपमा ठिक छ भन्ने छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us