पहिचानको आन्दोलनलाई प्रदेश सरकारले दमन गर्‍योः राजेन्द्र राई

काठमाण्डु टुडे २०८० जेठ १४ गते १३:३५ मा प्रकाशित

काठमाण्डु, १४ जेठ- नेकपा एकिकृत समाजवादीका कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र कुमार राइले प्रदेश सरकारले पहिचानको आन्दोलनलाइ दमन गरेको आरोप लागएका छन।

प्रदेश शभाको बैठक बस्नु अगाडि विराटनगरमा पत्रकारहरूसँग कुराकानि गर्दै राईले सरकारले आज गरेपनि सँधै दमन गरिरहन नसक्ने बताए।कोशी प्रदेशको पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले नामाकरविरूद्ध प्रदेशवासी नै आन्दोलनमा उत्रिएपछि सरकार र नामाकरणको पक्षमा सहमति जनाउने दलहरूले सोच्नुपर्ने बेला आएको उनले बताए।

‘माओवादीले थप छलफल गरेको भनेको सुनेको छु’ पूर्व मुख्यमन्त्री समेत रहेका राईले भने, ‘कांग्रेसले पनि सोच्छ होला अब ।’ आन्दोलनरत पक्षलाई सरकारले धरपकड गरेर गलत काम गरेको उनले बताए ।

उनले भने, ‘राणकालमा पनि यस्तो हुँदैनथियो, मुख्यमन्त्री आफैं आन्दोलनरत पक्षलाई चिड्याउन भाषण गरिरहनुभएको छ । यसबाट सरकारले दमन गरेको नै पुष्टि हुन्छ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us