
एजेन्सी- घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तिमा पाँच जनाको मृत्यु भएको छ।
थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन ९एनएडीएमओ० का सवाना क्षेत्रीय संयोजक बावुक एडम्सका अनुसार केपान्डाई जाँदै गरेको डुङ्गा बाटोमा रहेको रुखमा ठोक्किएपछि उक्त दुर्घटना भएको हो।रुखमा ठोक्किएपछि डुङ्गा डुबेको बएडम्सले बताएका छन्।
घटनास्थलबाट पाँचवटा शव निकालिएको छ। बाँकी बेपत्ता छन्।डुङ्गाका कति यात्रु सवार थिए भन्ने खुलेको छैन।खोज एवं उद्धार टोलीले केही यात्रुहरूलाई सकुशल उद्धार गरेको छ भने खोजी कार्य जारी छ।