प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण टोली ठूलो हुँदैन:सञ्चारमन्त्री रेखा शर्मा

काठमाण्डु टुडे २०८० जेठ १४ गते १२:१७ मा प्रकाशित

काठमाण्डु,१४ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण टोली छरितो र सानै आकारको हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन।

आइतबारको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै मन्त्री शर्माले भ्रमणको तयारी अन्तिम चरणमा पुगेको बताइन्। प्रतिनिधिमण्डलमा को को जाने भन्ने ठ्याक्कै टुङ्गो लागेको छैन ।

तर सम्झौता हुने विषयसँग सम्बन्धित अधिकारी मात्र जाने भन्ने भएको छ । त्यसकारण यति नै जना भन्ने छैन सकेसम्म सानो टिम बनाउने भन्ने छलफल भएको छ’उनले भनीन।

खासगरी ऊर्जासँग सम्बन्धित विषय छ,’ उनले भनिन्, ‘कैयन् कुराहरू समेट्ने तयारी छ। सीमासँग सम्बन्धित विषयहरू पनि छन्। सरसफाइसँग सम्बन्धित विषय छन्। विषयबारे निर्णयचाहिँ भइसकेको छैन।

 प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने प्रतिनिधि मण्डल र एजेन्डाबारे सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले टुङ्गो लगाउने मन्त्री शर्माले बताइन। ‘जुनजुन क्षेत्र, सम्बन्धित विषयमा कुराकानी हुन्छ त्यो क्षेत्रमा मन्त्री गए पुग्ने ठाउँमा मन्त्री, सचिव जानुपर्ने ठाउँमा सचिव जाने कुरा भएको छ।

प्रतिनिधि मण्डललाई ठूलो नबनाउने सरसल्लाह भएको छ,’ उनले भनिन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा जेठ १७ गते चार दिने भारत भ्रमणमा जाँदैछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us