
काठमाण्डु, १४ जेठ-कोशी प्रदेशको नाम पहिचानका आधारमा पुनस् संसोधन गर्न माग गर्दै आन्दोलनका लागि प्रदेश सभा भवन अगाडि पुगेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरुलाई प्रदेश सभा सचिवालय नजिकै देवकोटा चोक र अस्पताल चोक पक्राउ गरिएको प्रहरीले बताएको छ। आजबाट सुरु भएको प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन लाई लक्षित आन्दोलन घोषणा गरेका पहिचान पक्षधरले आज बिहानैदेखि प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्ने तयारी गरेको थियो ।
पक्राउ परेकाको साथबाट गुलेली र ढुंगा बरामद भएको प्रहरीले जनाएको छ । आन्दोलनको जानकारी पाएपछि प्रहरीले प्रदेश सभा सचिवालय आसपासको सुरक्षा व्यवस्था कडा पारेको छ ।
प्रदेश सभातर्फ जाने चारतिरकै सडक खटिएको प्रहरीले बटुवालाई पनि फर्काइरहेको छ ।कोशी प्रदेश सभाको दोस्रो एवम् बजेट अधिवेशन दिउँसो २ बजेका लागि आह्वान गरिएको छ ।
प्रदेश सभाले गत फागुन १७ गते प्रदेशको नाम राखपछि पहिलोपटक बैठक बस्न लागेको हो ।