मिस नेपाल २०२३ को उपाधि श्रीइच्छा प्रधानलाई

काठमाण्डु टुडे २०८० जेठ १३ गते १९:३६ मा प्रकाशित

काठमाण्डु ,१३ जेठ- मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानले जितेकी छन् ।

शनिबार ललितपुरको गोदावरीमा सम्पन्न अन्तिम स्पर्धामा उनले २३ प्रतियोगीलाई पछि पार्दै उपाधि जीतेबी हुन। उनलाई गत बर्षकी मिस नेपाल प्रियंकारानी जोशी ताज लगाइदिएकी छन् ।

प्रधान काठमाण्डुकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत हुन् । उनी आफूलाई वातावरण अभियन्ताको रुपमा चिनाउँछिन् ।त्यस्तै रैना मजगैया मिस नेपाल अर्थ र प्रसिद्धी शाह मिस नेपाल इन्टरनेशनल घोषित भएका छन् ।

गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयोजित अन्तिमस्पर्धामा २४ जनाले प्रतिस्पर्धा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us