उत्तरी चीनमा पटाका विस्फोट हुँदा चारजनाको मृत्यु

काठमाण्डु टुडे २०८० जेठ १३ गते १२:१३ मा प्रकाशित

एजेन्सी- उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता भएका छन्।

सो विस्फोट दिउँसो ४ बजे भएको थियो। सो समयमा जाङ्गटुन प्रहरी चौकीमा अधिकारीहरूले अवैध रूपमा व्यापार भएको शंकास्पद आतिशबाजीको नमूना सङ्कलन गरेर परीक्षण गरिरहेका थिए।प्रारम्भिक अनुसन्धान अनुसार घटनास्थलमा ११ जना थिए।

हालसम्म नौ जनाको उद्धार गरिएको छ।दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us