
काठमाण्डु,१२ जेठ- जनता समाजवादी पार्टी नेपाल ९जसपा० संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् ।
जसपाको आज बसेको बैठकले यादवलाई मूख्य सचेतक नियुक्त गरेको जसपाद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उनी पर्सा – १ बाट निर्वाचित सांसद हुन्। यादव यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन मन्त्री बनेका थिए।