रेशमको सजाय माफी माफीको प्रस्ताव शीतलनिवासमा

काठमाण्डु टुडे २०८० जेठ ११ गते १६:३२ मा प्रकाशित

6Lsfk’/ 36gfsf d’Vo cleo’Qm ePsf] cleof]udf k’k{Ifsf nflu y’gfdf /x]sf /]dz rf}w/Ln] l;+xb/af/ k’u]/ ;f+;b kbsf] ;ky lnPsf 5g . ;efd’v s[i0faxfb’/ dx/fn] rf}w/LnfO{ kb tyf uf]klgotfsf] ;ky v’jfPsf x’g . l8NnLahf/ sf/fuf/af6 k|x/Ln] pgnfO{ l;+xb/af/ NofPsf] lyof] .tl:a/ =Oln6 hf]zL

काठमाण्डु,११ जेठ- सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको सजाय माफीका लागि तयारी थालेको छ।

 २०७२ भदौमा कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी भइरहेको हो ।

बुधबार राष्ट्रपति कार्यालयको कानुन साखमा चौधरीको सजाय माफी सम्बन्धी २० वटा फाइल पुगेको राष्ट्रपति रामचन्द्र पौडेलका एक सल्लाहकारले भने, हो, उहाँको बाँकी सजाय माफी हुनुपर्ने भनी पेश भएको निवेदन गृह मन्त्रालयबाट यहाँ आइपुगेको छ, अध्ययनपछि प्रक्रिया अघि बढ्छ।

त्यसैबारे राष्ट्रपतिज्यूसँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल र उहाँको टिम यहाँ आइपुगेको थियो ।’

यस विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड मंगलबार साँझ राष्ट्रपति कार्यालय पुगेको राष्ट्रपति पौडेलका ती सल्लाहकारले भने ।

राष्ट्रपति कार्यालय स्रोतले रेशम चौधरीको कैद माफीसम्बन्धी गृह मन्त्रालयको प्रस्तावमागि अध्ययन भइरहेको जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us